काठमाण्डु, २२ चैत– प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा पत्रकार ऋषि धमलालाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ ।
कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो ।
शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गरेका थिए ।