KhabarUjyalo

धनगढीको मेयरमा काँग्रेस नेतृ जागृती बोगटीको उम्मेदवारी घोषणा

२२ चैत्र २०७८, मंगलवार
धनगढीको मेयरमा काँग्रेस नेतृ जागृती बोगटीको उम्मेदवारी घोषणा

धनगढी : धनगढीको मेयर पदमा काँग्रेस नेतृ जागृती बोगटीले उमेदवार बन्ने घोषणा गरेकी छिन्। बोगटीले धनगढीको मेयर पदमा उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

काङ्ग्रेस पार्टीको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन्। मेयरका लागि आफू सक्षम रहेको उनले बताइन् ।

बोगटी २०४६ सालको जनआन्दोलन, २०६२ सालको दोसो जनआन्दोलनमा पनी सक्रिय रहेकी थिइन् । काङ्ग्रेस पार्टीमा लामो समयदेखि राजनीतिमा सकृय रहेकी छिन् । उनी धनगढी उपमहानगरपालिकाकी नेपाल महिला संघकी नगर सभापतिसमेत हुन् ।

बैशाख ३० स्थानीय तहको चुनावमा धनगढी उपमहानगरपालिकाको प्रमुख दावी रहेको उनले बताइन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo