KhabarUjyalo

बाजुरमा हराएका ५ जना युवती २ दिन पछि भेटिए

२० चैत्र २०७८, आईतवार
बाजुरमा हराएका ५ जना युवती २ दिन पछि भेटिए

धनगढी : बाजुरमा हराएका ५ जना युवती भेटिएका छन्। हराएकी जिल्लाको बुढीनन्दा नगरपालिका–८ की २२ वर्षीया शान्ती शाही, बुढीनन्दा–५ की १६ वर्षीया असिना लुहार, १२ वर्षीया रेश्मी लुहार, १३ वर्षीया प्रेङ्का लुहार र २३ वर्षीया शान्ती मल्ल २ दिनपछि भेटाएको हुन् ।

शनिबार प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चैत १७ गते घरबाट हराएका थिए ।शनिबार सवारी चेकजाँच गर्ने क्रममा बाजुरा सदरमुकाम मार्तडीबाट अछाम साँफेबगरतर्फ गइरहेको से१ज ६४८ नम्बरको जीपमा उनीहरुलाई फेला पारेको प्रहरीले बताएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo