KhabarUjyalo

शिक्षक सेवामा पास गराइदिने भन्दै ६० लाख उठाएर २ जना फरार

२० चैत्र २०७८, आईतवार
शिक्षक सेवामा पास गराइदिने भन्दै ६० लाख उठाएर २ जना फरार

सुर्खेत । शिक्षक सेवा आयोगले लिइरहेको स्थायी शिक्षकको परीक्षामा पास गराइदिने प्रलोभन दिएर ठूलो मात्रामा ठगी भएको छ । आयोगका कर्मचारीसँग सेटिङ मिलाएर पास गराइदिने भन्दै २ जनाले ६० लाखभन्दा बढी रकम ठगी गरेका हुन् ।

यसरी रकम ठगेर फरार हुनेमा कालिकोट गेलाका जगत शाही र मनराज शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिक्षक सेवाको परीक्षा दिन सुर्खेत आएका परीक्षार्थीहरुबाट जनही रु २ लाखका दरले ६० लाखभन्दा बढी रकम असुलेर उनीहरु फरार भएका हुन् ।

सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्युट र एमपीजे मःम सेन्टरमा उनीहरुले हस्तलिखित प्रश्न तथा उत्तरसहितको फोटोकपी बाँड्दै परीक्षार्थीहरुलाई लोभ्याएका थिए । सेटिङ मिलाएर प्रश्नपत्र र उत्तर लेखेर पठाइदिने प्रलोभन देखाएर ३० जनाभन्दा बढी परीक्षार्थीबाट २ लाखका दरले पैसा उठाएको उजुरी परेको छ । पीडित ३० जनाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मौखिक उजुरी दिएपछि घटना बाहिरिएको हो ।

उजुरी परेपछि प्रहरीले यसरी प्रश्नपत्र लिक गराएर पास गराउने प्रलोभन दिने जगत शाही र मनराज शाहीको खोजी तीव्र पारेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo