काठमाडौ :पहिलोपटक उपत्यका स्तरिय नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । ट्रीटन इन्टरनेसनल कलेज काठमाडौको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाइ व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउन काठमाडौ उपत्यकाका विभिन्न कलेजहरुमा माद्यामिक तहमा कानुन संकाय अध्ययन गरिरहेका विध्यार्थीहरुको सहभागीतामा नमुना संसद कार्यक्रम सम्पन्न भएको हो । चैत १८ गते र चैत १९ गते शुभश्री कलेज अफ म्यानेजमेन्ट नयाँ बानेश्वर काठमाडौं को सभा हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्तरगत चैत्र १८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले जम्मा २७ कलेजका ८७ जना सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए । त्यसैगरी चैत १९ गते भएको नमुना संसदमा भने २० कलेजबाट ७१ जना विध्यार्थीहरु सहभागी भएको ट्रीटन कलेज सि ओ ओ ह्रीतु न्यौपानेले जानकारी दिनुभएको छ । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य एव पुर्व प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री एवं अधिवक्ता समेत रहनुभएको मा रचना खड्काले मन्तव्यको क्रममा यस्ता कार्यक्रमहरु आजको अपरिहार्यता, अत्यावश्यकता एवं अत्यन्तै समय सान्दर्भिक भएको भन्दै अझै यस्ता कार्यक्रमहरु विध्यालय स्तरिय, नगर स्तरिय, प्रदेश स्तरिय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने बताउनुभएको छ । नयाँ युवा नयाँ सोच,नेपालका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैका अनुसार यस प्रतियोगितामा ३ वटा विधाहरु पुरस्कार स्वरुप राखिएकोमा उत्कृष्ट बहसकर्ता आदर्श जनप्रेमी कलेजबाट युवराज खड्का, उत्कृष्ट अनुसन्धानकर्ता ट्रीटन कलेजबाट दिना कार्की तथा उत्कृष्ट नेतृत्वकर्ता ट्रीटन कलेजबाट दिपेश यादवले हात पार्न सफल भएका छन ।