KhabarUjyalo

अछाममा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते

१९ चैत्र २०७८, शनिबार
अछाममा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते

अछाम: अछाममा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नं. ७ की २६ बर्षिय धनसरा जैशीको मृत्यु भएको हो ।

चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको स्थानिय बिष्णु बहादुर खड्काले बताए ।

जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउका पत्र जैशीकी १४ बर्षिय छोरी चन्द्रा जैशी पनि गम्भिर घाईते भएकी छन् ।

जाल्पा माबी मुंगा्रचौरमा कक्षा ६ मा अध्ययनरत रहेकी जैशी माटो खन्ने क्रममा च्यापिएर घाईते भएकी हुन् ।

घाईते जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo