KhabarUjyalo

अत्तरियामा बिरामीको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको सडक खुल्यो

१९ चैत्र २०७८, शनिबार
अत्तरियामा बिरामीको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको सडक खुल्यो

धनगढी । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएपछि आफन्तले अत्तरिया चौकमा अवरुद्ध पारिएको सडक सञ्चालनमा आएको छ ।

शनिबार पदमा अस्पतालमा उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्युपछि अत्तरियामा सडक अवरुद्ध पारिएको थियो । दुई पक्षबिच छलफलबाट घटनाको छानबिन गर्ने भएपछि आफ्न्तले अवरुद्ध यातायात सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

आक्रोशित आफन्त र अस्पतालबिच सहमतिको प्रयास भइरहेको बताइएको छ । डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले शनिवार बिहान अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने,अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo