अत्तरिया : कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डाक्टरको लापर्बाहीका कारण मत्यु भएको भन्दै आक्रोशित आफ्न्तले अस्पताल तोडफोड गरेको जनाएको छ ।
भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रयोग गरेको थियो ।