KhabarUjyalo

चुन्नु जुस पसल : गर्मीमा कमाई,हिउँदमा अनाथलाई

२० फाल्गुन २०७७, बिहीबार
चुन्नु जुस पसल : गर्मीमा कमाई,हिउँदमा अनाथलाई

धनगढी : धनगढीमा लगातार ३ बर्ष देखि चुन्नु जुस पसल सञ्चालन हुदै आएको छ। तराईमा गर्मी सुरुवात भएसङ्गै धनगढीका विभिन्न सडकको छेउमा चुन्नु जुस पसल संचालनमा आउने गरेका छन् ।

धनगढीका चुन्नु केसिले ३ बर्षअघि स्वदेशमै सानो लगानीमा जुस पसलबाट राम्रो कमाई देखे । ‘जुस पिऔं स्वस्थ बनौं’ भन्ने नाराकासाथ धनगढीका विभिन्न सडक छेउमा खडा गरे चुन्नु जुस पसल ।

उनले जुस पसलबाट कमाईको रकम २५ प्रतिशत रकम समाजसेवामा लगाउने उदेश्यका साथ चुन्नु जुस पसल सन्चालनमा ल्याए ।

गर्मी मौसममा स्वस्थ जुस खुवाएर पैसा कमाए । भने गर्मी मौसम सके पछि सुरु गरे कमाईको २५ प्रतिशत रकम अनाथालयलाई सहयोग गर्दै आएका छन् । गत बर्ष जुस पसलबाट कमाई भएको २५ प्रतिशत रकम कैलालीमा रहेका दृष्टि फाउन्डेसन,साहारा घर र मानवसेवा आश्रममा न्यानो लुगा लगायतका सामाग्री सहयोग गरेको संचालक चुन्नु केसिले बताए ।

यो बर्ष पनि मुख्यमन्त्री कार्यालय आगाडी चुन्नु जुस पसल सोमबारदेखि सञ्चालनमा ल्याए । केही दिन धनगढीका तीन ठाउँमा चुन्नु जुस पसल राख्ने तयारी भएको बताए । काम सानो ठूलो हुँदैन स्वदेशमै काम गर्दा केहीले रोजगार पाउछन् । भने आफ्नो पनि राम्रो कमाई हुन्छ उनले बताए । अहिले एउटा जुस पसलबाट दैनिक २५ सय देखि ३ हजार कमाई हुन्छ । ३ जनालाई रोजगारले पाएको केही दिन अन्य चार ठाउँबाट जुस पसल संचालनमा आए थप १२ जनाले रोजगार पाउने सन्चालक केसिले बताए । 

चुन्नु केसि साझा विवेकशील पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo