२३ मंसिर २०७९, शुक्रबार

कैलाली प्रहरीले गेटामा राना हत्याका मुख्य अभियुक्त सार्वजनिक

२० फाल्गुन २०७७, बिहीबार
कैलाली प्रहरीले गेटामा राना हत्याका मुख्य अभियुक्त  सार्वजनिक

धनगढी: कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न मुख्य अभियुक्त कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार कैलाली प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रानाको हत्यामा संलग्न मुख्य अभियुक्त अन्दाजी ३६ वर्षीया जयन्ती चौधरीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कैलालीका प्रवक्ता प्रतीक बिष्टका अनुसार उनले मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै हत्याको योजना बुनेको,दुई चोटि हत्याको योजना फेल भएको र फाल्गुन १५ गते फेरि युवक लगाएर हत्याको गराएको प्रहरी समक्ष बयान दिएको बताए।

आरोपित युवती केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बधमा थिइन्। मृतक युवकले मानसिक तनाव दिएपछि आफुले हत्याको योजना बनाएको ती युवतीले स्वीकारेको प्रवक्ता बिष्टले जानकारी दिए । दुबै बिबाहित जोडि  थिए । हत्यामा संग्लन अन्य युवक फरार रहेका र तिनिहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना फाल्गुन १५ गते बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo