KhabarUjyalo

कैलाली प्रहरीले चोरी भएका २ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई बुझायो

१८ फाल्गुन २०७७, मंगलवार
कैलाली प्रहरीले चोरी भएका २ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई बुझायो

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी भएका दुई वटा मोटर साईकल सम्बन्धित सवारी धनीलाई बुझाईएको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा कैलाली गोदावरी नगरपालीका वडा नम्बर ५ बस्ने चन्दे राना र धनगढी उपमहानगरपालीका वडा नम्बर ४ बस्ने दिपेश प्रसाद देवकोटाको चोरी भएको मोटरसाइकल बुझाएको हो ।

फाल्गुन १६ गते कैलाली गोदावरी नगरपालीका वडा नम्बर ५ का रानाको घरमा राखेको आगनमा राखेको सु.प.प्र.०१००८ प ८०२७ यमाहा FZ मोटरसाईकल अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ३ स्थित शान्ति सामुदायिक वन नजिक सोमबार फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै सोमबार राती जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ४ का देवकोटाको घरमा राखेको बेला चोरी भएको मोटरसाइकल धनगढी उपमहानगरपालिकास्थित संचयकोष कार्यालय नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चोरी गर्नेमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo