KhabarUjyalo

फेरिएको सपनाको दैनिकी !

१८ फाल्गुन २०७७, मंगलवार
फेरिएको सपनाको दैनिकी !

काठमाडौं : बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ। त्यही सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्।

उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए । बेवा’रिसेको श,व व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो । यो सफलतामा उनी अत्यन्त खुसी थिइन्। तर, उनलाई पढाइ छुटेकोमा उनलाई छटपटी थियो।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्। पढाइ छाडेर गलत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।

आफू जति चर्चा पाएपनि उनलाई पढाइ छुटेको विषय खड्किरहन्थ्यो। प्रभावशाली महिलाको सूचीमा परेपछि उनले पढाइ पनि सुरु गर्ने बताएकी थिइन्। चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले शतप्रतिशत छात्रवृत्तिमा भर्ना गरेको हो। ‘मलाई बारम्बार खड्किएको विषय हो पढाइ, परिवारसँग यसअघि नै म जोडिएको थिएँ, तर मेरो सफलतामा पढाइ तगारो नबनोस् भनेर पुनःसुरु गरेकी हुँ,’

पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन् । लक डा’उनको समयमा भो’का मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्। १८ वर्षकै उमेरमा सपनाले निर्वाह गरेको समाजप्रतिको उत्तरदायित्व कलेजका लागि पनि उदाहरणीय भएको निर्देशक काफ्ले बताउँछन्। बिहान ६ बजेबाट सुरु भएको उनको कलेज १०ः४५ मा बिदा हुन्छ।

त्यसपछि घर फर्किन्छिन् र गृहकार्य गर्छिन्। दिउँसोको समय भने बे’वारिसे व्यवस्थापनको कामलाई निरन्तरता दिने उनको भनाइ छ। पहिलेको संस्थाबाट अलग भइसकेपछि अहिले उनले आफ्नै नेतृत्वमा बेवारिसे व्यवस्थापनको कामगर्न संस्था दर्ता गरिसकेकी छन् । पछिल्लोसमय उनी आफ्नै संस्था मार्फत बेवारिसे व्यवस्थापनमा सक्रिय छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo