Khabar Ujyalo

बोलन्या थलीद्वारा संचालित पढन्या थलीले कैलाली कारागारमा पुस्तक पढ्ने व्यवस्था

१८ फाल्गुन २०७७, मंगलवार
बोलन्या थलीद्वारा संचालित पढन्या थलीले कैलाली कारागारमा पुस्तक पढ्ने व्यवस्था

धनगढी । बोलन्या थलीअन्तर्गत रहेको पढन्या थलीले कैलाली जिल्ला कारागारमा पुस्तक पढ्ने व्यवस्था गरेको छ । चेतनशील समाज , बैचारिक प्रहार र तर्कपुर्ण अभिव्यक्ति आधुनिक नेपाली समाजको आबश्यकता रहेकोले प्रदेशका नौ वटै जिल्ला कारागारमा कैदीहरु लक्ष्यित पढन्या थली बिस्तार गर्ने कार्यक्रम अन्तर्गत आज कैलाली जिल्ला कारागारबाट अभियान शुरु गरेको बोलन्या थलीका संयोजक यादब जोशीले जानकारी दिए।

जेलमा वसेर पनि संसार हल्लाउने कृति लेखेका इतिहासहरु छन । जोशीले भने ‘हामीले कैदीहरुलाई सामाजिक आत्मसम्मानको परिधिभित्र ल्याउनुपर्छ, प्रेम र पुस्तकले मान्छे सुध्रिने र दार्शनिक पनि बन्ने मेरो दाबी हो ।, त्यसैले कारागारमा फलफुल भन्दा पुस्तक दिन आएका हौ ।’

बोलन्या थलीका तर्फबाट संयोजक यादब जोशी, आदित्य जोशी, अजय पाण्डे र देवराज अवस्थीहरुले युनिटले कारागार प्रशासनका निमित्त प्रमुख बिरेन्द्र बोहरा, शुनैना श्रेष्ठ, टेक किमाडी मनोज बोहराको रहोबरमा र कैदी तर्फका चौकीदार पर्शु रानालाई पुस्तक हस्तान्तरण गरेका थिए । 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.