KhabarUjyalo

कञ्चनपुरका ३० बर्षिय बिष्णुले निस्वार्थ भएर ५ सयभन्दा बढी चौपायाको उद्वार !

१७ फाल्गुन २०७७, सोमबार
कञ्चनपुरका ३० बर्षिय बिष्णुले निस्वार्थ भएर ५ सयभन्दा बढी चौपायाको उद्वार !

धनगढी : हिन्दू धर्म ग्रन्थहरूमा संसारको पालण कर्ता रुपमा भगवान् बिष्णुलाई मानिन्छ। पृथ्वीमा अप्ठ्यारा असाहय,दुखि पिडितको उद्वार गर्ने विभिन्न अवतारमा भगवान बिष्णु आउने बिश्वास रहदै आएको छ । त्यस्तै अहिले कंचनपुरका ३० बर्षिय बिष्णु प्रसाद पनेरु पनि निस्वार्थ भएर घाईते र बिरामी चौपायाका लागि बिष्णु कै अवतार भएर आएका छन् । दिनमा २/३ चौपायाको उपचार गरेको दिन बाकी कहिले छैन उनका लागि अहिलेसम्म उनले अहिलेसम्म ५ सयभन्दा बढी चौपाया(गाईगोरु,कुकुर,बिरालो) को उपचार गरेर उद्वार गरिसकेका छन् । सुरुमा आफ्नै पैसाबाट औषधि किन्नेर घाइते चौपायाको उपचार खटिरहेका उनी पछिल्लोसमय केही संस्था र ब्यक्तिले औषधिलागि आर्थिक सहयोग गरि रहेका छन् । भिमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा रहेका घाइते र बिरामी गाईको उपचारमा अरु ३ जना युवाले उनलाई साथ दिएका छन ।

साइन्स बिषय लिएर इन्जिनियर बन्ने लाईनमा लागेका बिष्णु । बिएस्सीको अन्तिम बर्षमा उनको मन एकाएक परिवर्तन भयो । जनावरहरुसङ्ग रमाउने, उनिहरुको हेरचाह गर्न, घाईतेको उपचारमा लाग्ने गरे। बिएससीको अन्तिम बर्षको परिक्षा दिएपछि उनी शुक्लाफाटा निकुञ्जमा सफारीको तालिम लिएर र शुक्लाफाटा निकुञ्ज एक कटेजमा काम गरे । केही महिनापछि शुक्लाफाटा निकुञ्जको सफारीमा काम गर्न थाले । अहिले सफारीसङ्गै घाइते र बिरामी चौपायाको उपचार गरेर दिन बिताई रहेका छन् ।

“बिएस्सीको अन्तिम बर्षको तयारी गर्दै थिए । पढ्दापढ्दै एकोहोरो मन हुन थाल्यो पढाईभन्दा बढी जनावर तिर बढी घुलमिल हुने,उनिहरुसङ्गै रमाउन थालिने । सुरुमा पनि जनावरप्रती माया हुन्थ्यो तर यतिसम्म हुन्थेईन । जसोतसो बिएस्सीको अन्तिम बर्षको परिक्षा दिए । अनि म शुक्लाफाटा निकुञ्जमा सफारीको काम गर्न तालिम लिए । तालिमसङ्गसङ्गै त्यतैको कटेजमा काम गरे, केहि महिनापछि शुक्लाफाटामा सफारीको काम गर्न थाले ।”
उनले भने- “अहिले पर्यटक आएपछि शुक्लाफाटामा र सुदुरपस्चिमका पर्यटकिय स्थलमा न्यून शुल्कमा घुमाउने गर्छु । अरु समय चौपायाको उपचारमा खटी रहन्छु । दिनमा २ /३ गाई गोरु र कहिले काहीँ कुकुर बिरालोको पनि उपचार गरिरहेको हुन्छु । अहिलेसम्म ५ सयभन्दा बढी चौपाया(गाई,कुकुर,बिरालो) को उपचार गरि सकेको छु ।”

स्थानियबासी गाई दुहुने बेला हुन्छ, तब घरमा लगेर बाँधेर दुहुने गर्छन । त्यही गाईले दूध दिन छाड्नेवित्तिकै सडकमा ल्याएर छाड्ने गरेको उनले बताए । सरकारले यसो गरेन उसो गरेन भन्छौ तर हामी नै घाइते र बिरामी पशुलाई लठ्ठिले हिर्काउन्छौ । घाइते र बिरामी गाईप्रति गरिने व्यवहार देखेर आफूलाई अतिनै दुख लाग्ने गरेको उनले बताए ।

ठाउँ ठाउँमा पुगेर जनावरलाई यसो गर्नु हुन्न । जनावरले बोल्न नसके पनि उनिहरुलाई हामी जस्तै चोटको महसुस हन्छ भनेर जनचेतना पनि गर्ने गरेको उनले बताए । समाज यस्ता घाइते बिरामी चौपायाको उपचार गर्ने २ बर्षअघि सामाजिक संजालमा ‘आई केयर यू’ ग्रुप बनाएर विभिन्न ठाउँमा केही विद्यार्थीको समन्वयमा उद्वार गरिरहेको उनले बताए ।

छाडाचौपाया नियन्त्रणका लागि स्थानीय सरकारको ठूलो भुमिका हुन्छ । गौशाला निर्माण गरेर गाई पाल्ने नसक्नेले केही सक्दो रकम गौशालालाई दिएर गाईलाई गौशालामा राख्ने गरि नियम बनाउने र जनावरप्रतीको धारणामा पनि जनचेतना गराउनु आवश्यक रहेको उनले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo