धनगढी : डोटीको शिखर नगरपालिका- १० बानेडुग्रीसैन स्थित पवित्र गहनान तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ लाग्ने भएको छ ।
चैत्र १७ देखि २५ गतेसम्म डोटी र डडेल्धुरा जिल्लाको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा उक्त महायज्ञ हुन गइरहेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले बताएका हुन् ।
गहनान क्षेत्रको विकास र प्रवर्द्धन गर्न उदेश्यसहित हिन्दुधर्मालम्बिहरुको आस्थाको केन्द्र र गन्तव्य स्थल बनाउन तथा तीर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञको आयोजना गरिन लागेको आयोजक समितीले जनाइएको छ।
महायज्ञको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने छन् भने महायज्ञको प्रमुख कथा वाचक पण्डित ऋषि केश उपाध्याय रहने छन् ।