KhabarUjyalo

अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु

२७ फाल्गुन २०८१, मंगलवार
अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु

अछामः अछाममा माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ।

मंगलसेन नगरपालिका–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो।

सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo