धनगढी : अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एलएस वाटर तथा बेवरेज प्रालिले बनभोज कार्यक्रम आयोजना गरेर मनाएको छ । कैलालीको गोदावरीस्थित २ मा रहेको एलएस वाटर तथा वेवरेज प्रालिले कम्पनीमा काम गर्ने श्रमिक महिलालाई बनभोज कार्यक्रम आयोजना गरेका हुन् ।
महिला दिवसमा कम्पनीमा रहेका श्रमिक महिलाहरूलाई मनोरञ्जन तथा अन्तरक्रिया गर्ने उदेश्यले बनभोजको कार्यक्रमको आयोजना गरिएको वाटर तथा वेवरेज प्रालिका म्यानेजर अनिल कुमार राउतले जानकारी दिए ।
सो कम्पनीमा हाल २० जना महिला काममा आवद्ध रहेका छन् ।