KhabarUjyalo

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा ACCA पढाइ सुरु हुँदै !

२२ फाल्गुन २०८१, बिहीबार
सुदूरपश्चिममै पहिलो पटक धनगढीमा ACCA पढाइ सुरु हुँदै !

धनगढी : सुदूरपश्चिममै पहिलो पटक धनगढीमा Association of Chartered Certified Accountants (ACCA) पढाइ सुरु हुने भएको छ । AAFA एकेडेमीले धनगढीको मा पहिलो पटक ACCA (Association of Chartered Certified Accountants) कार्यक्रम सञ्चालन गर्ने लागेको हो ।

अन्तर्राष्ट्रियस्तरको लेखा तथा वित्त अध्ययन धनगढीमा सञ्चालनमा आए विद्यार्थीलाई विदेश वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने एकेडेमीले बिस्वास लिएको छ ।
लेखा, वित्त, कर परामर्श तथा अडिट क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि ACCA कोर्ष एक अत्यन्त प्रतिष्ठित तथा व्यावसायिक कोर्स हो। नेपालमा यस कोर्सको लोकप्रियता बढ्दै गएको छ, तर उपत्यकाबाहिर यसको सहज पहुँच सीमित रहेको छ।

ACCA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परामर्श तथा भर्ना प्रक्रिया चाँडै सुरु गरिने AAFA एकेडेमीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo