KhabarUjyalo

३ बर्षमा पनि ठडिएन् गन्यापधुरा सिंहदरबार, भाडामै आधा करोडबढी स्वाहा !

१९ फाल्गुन २०८१, सोमबार
३ बर्षमा पनि ठडिएन् गन्यापधुरा सिंहदरबार, भाडामै आधा करोडबढी स्वाहा !

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको प्रशासकिय भवन निमार्णमा ढिलाइ भएको छ । भिबा कन्स्ट्रक्सन प्रालिले तीन बर्षमा निमार्ण सम्पन्न गर्न गरि सम्झाैता गरेपनि हालसम्म भवन निर्माण गर्न सकेको छैन ।

सम्झौताअनुसारको पुस मसान्तसम्म सक्ने भएपनी निर्माणमा ढिलासुस्ती भएपछि कार्यपालिका बैठकले ६ महिनाका लागि म्याद थपिएको छ । अझै झण्डै ४०% काम बाकी रहेको छ । थपिएको समयमा पनि भवन निर्माण सम्पन्न हुनेमा आशन्का रहेको छ ।

निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि ठेकदार्ले काममा ढिलासुस्ती गरेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताएका छन् ।

निर्माणाधीन भवनको अनुगमन नहुदा गुणस्तरीयहिन सामाग्रीको प्रयोग हुने गरेको पाइएको छ ।

३ बर्षअघि ३५ कोठे भवनका लागि १२ करोड ठेक्कामा  ठेकेदार कम्पनी भिबा कन्स्ट्रक्सनले ७ करोडमै निमार्ण गर्ने गरी ठेक्का पाएको थियो ।

गन्यापधुरा गाउँपालिकाको आफ्नाै भवन नहुँदा करिब ७ बर्षदेखि भाडाकै भवनबाट सञ्चालन हुँदै आएको छ । गन्यापधुरा गाउँपालिकाले ७ बर्षमा भाडामै झण्डै ५४ लाख खर्च गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo