KhabarUjyalo

एमालेमा आएपछि गङ्गा नदी जस्तै शालीन हुनुपर्छ : केपी ओली

१३ चैत्र २०७९, सोमबार
एमालेमा आएपछि गङ्गा नदी जस्तै शालीन हुनुपर्छ : केपी ओली

गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो नबन्न निर्देशन दिएका छन् ।

सोमबार एमालेको मिसन ग्रासरुट अभियानको क्रममा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा प्रवेश गरेपछि गङ्गा नदी जस्तै शालीन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कालीगंगामा सबै गएपछि गङ्गा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ । एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरूका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गङ्गा जस्तै हो । एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरूलाई हामीले हटाउनु पर्नेछ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo