KhabarUjyalo

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

१३ चैत्र २०७९, सोमबार
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गत मङ्गलवार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo