KhabarUjyalo

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

१३ चैत्र २०७९, सोमबार
दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । टोखामा शनिबार आफुलाई  कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।

डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए। ‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ। अब मंगलबार छलफल हुने छ’, महाराजगन्ज प्रहरी वृत्त प्रमुख जिसीले भने।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo