KhabarUjyalo

सुनको मूल्य तोलामा ५०० सयले बढ्यो

१७ फाल्गुन २०७९, बुधबार
सुनको मूल्य तोलामा ५०० सयले बढ्यो

काठमाडाैं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ५०० सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन १ लाख १ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार मंगलबार यसको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय कायम रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo