धनगढी । सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ४९ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढीका ३ जनासहित १० जनामा संक्रमण पुस्टि भएको हो। ती मध्ये ३ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखिएको जनाएको छ ।