KhabarUjyalo

माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्यसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश

१७ चैत्र २०७७, मंगलवार
माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्यसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश

धनगढी : नेकपा माओवादी ( केन्द्र) कैलाली जिल्ला सचिवालय सदस्य सहित १५ जना मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा नेकपा माओवादी ( केन्द्र) कैलाली जिल्ला सचिवालय सदस्य गणेश बहादुर सुनार लगायत १५ जना रहेका छन् । सुनार कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ बाट २०७४ सालमा नेकपा माओवादी ( केन्द्र) बाट वडा अध्यक्षका उम्मेदबार पनि थिए ।
उनिहरुलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सभापती नरनारायण शाह ‘ मनु’ र नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापती नृपबहादुर वडले सदस्यता र टिका लगाएर नेपाली कांग्रेसमा भित्राएका हुन ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सभापती नरनारायण शाह ‘ मनु’ ले नेपाली कांग्रेसको विचारमा विश्वास गरेर प्रवेश गरेका नेकपा माओवादी ( केन्द्र) का नेता कार्यकर्ताहरुलाई पार्टीले उचित सम्मान गर्ने बताए । कम्यूनिष्ट पार्टीहरुमा सत्ताका लागि भैरहेको किचलोबाट निरास भएर आफ्नो र देशको भविष्य खोज्न नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् सभापती शाहले भने, ‘ लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस बाहेक कसैको बिकल्प छैन भनेर सबैले बुझ्न थालेका छन् ।’

नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापती नृपबहादुर वडले कम्यूनिष्टहरुका कारण देशले दुर्दशा भोग्नु परेको बताए । अभाव , गरीवि, जातियता र क्षेत्रीयतामा रमाउने भनेका कम्यूनिष्टहरु हुन नगरसभापती वडले भने,‘ उनिहरु सर्वहाराका कुरा गर्दछन् तर सर्वहाराका कहिल्यै हुदैनन् ।’

नेकपा माओवादी ( केन्द्र) कैलाली जिल्ला सचिवालय सदस्य गणेश बहादुर सुनारले कम्यूनिष्टहरुको ब्यावहारबाट आफुहरु बाक्क दिक्क भएको बताए । उनले भने, ‘ प्रजातान्त्रीक बिचार संग जोडिनु बाहेक हामी संग बिकल्प थिएन । ’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo