धनगढी :कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् । वेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा २ जना पुरुष मृत फेला परेका हुन् ।
वेदकोट नगरपालिका –१ चम्फापुर स्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महाकाली अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत सार्की मंगलबार बिहान नदी नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका र राना पनि घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।