Khabar Ujyalo

महामूर्खको उपाधी चर्चित हास्य कलाकार मह जोडीलाई

१६ चैत्र २०७७, सोमबार
महामूर्खको उपाधी चर्चित हास्य कलाकार मह जोडीलाई

काठमाडौ । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा यस वर्षको महामूर्खको उपाधी नेपालका चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीलाई प्रदान गरिएको छ । होली महोत्सव तथा महामूर्ख सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलाकारद्वयलाई महामुर्खको उपाधी प्रदान गरेका हुन । मिथिला नाटय कला परिषदको आयोजनामा होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा प्रत्येक वर्ष महामुर्ख सम्मेलनको आयोजना हुदै आएको छ ।

त्यसैगरि, कवि शिरोमणिको उपाधी प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा, जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द, जसपा नेता राजिव झालाई वंश कुरहैर पदवी दिइएको छ । त्यसैगरि जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्ख, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबाको उपाधि प्रदान गरियो । मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलन गर्दै आएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.