KhabarUjyalo

पछिल्लो २४ घण्टामा १ सय ४१ जनामा कोरोना पुष्टि

१६ चैत्र २०७७, सोमबार
पछिल्लो २४ घण्टामा १ सय ४१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २७ रहेको छ ।

हालसम्म देशभर २२ लाख ६४ हजार २६८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५६ जना रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo