काठमाडौं , १५ चैत। वीरगञ्जमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।
प्रहरीका अनुसार बाघले आक्रमण गरेको अटोमा चालकसहित तीन जना सवार थिए । अटोमाथि एक्कासी बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टिए पनि कुनै मानवीय क्षति हुनबाट भने जोगिएको बताइएको छ ।
दुर्घटनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको र छत कुच्चिएको प्रहरीले बताए ।