कंचनपुर : कंचनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्षको घाँटीमा मासु अडकिएर मृत्यु भएको हुन सक्ने नेपाली कांग्रेसका भीमदत्त नगर सभापति पदमराज अवस्थीले बताएका छन् ।
आफुले पिकनिकमा गएका हरु संग सोधपुछ गर्दा मासुको भुटुवा पहिला अध्यक्षलाई खान दिएको र खाँदा खेरी अचानक घाँटीमा अडकिएको जस्तो भएर समस्या हुँदा बेहोस अवस्थामा उद्धार गरि ल्याएको उनिहरु संगै पिकनिक खान गएका एकजना सदस्यले बताएको नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अवस्थीले बताए ।
टर्की नामको कुखुराको मासु लगेर गएको र खाँदा खेरी घाँटमिा समस्या भएको भएपनि यथार्थ कुरा शवको पोेष्टमार्टम पछि मात्र थाहा हुने उनले बताए । पिकनिक खान गएका वडाध्यक्षकोे मदनबहादुर चन्दको शुक्रबार मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानी भन्दा ममाथी गैरीखान भन्ने ठाँउमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको बताए ।
अहिले प्रहरीले वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिव सहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।