९ आश्विन २०७९, आईतवार

रहेनन् काँग्रेस नेता नविन्द्रराज जोशी !

१४ चैत्र २०७७, शनिबार
रहेनन् काँग्रेस नेता नविन्द्रराज जोशी !

काठमाडौं । नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज(शुक्रबार) निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आजसाँझ ८ः२४ बजे निधन भएको अस्पताले आधिकारी जानकारी दिए ।

मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo