कंचनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुल्क बृद्धिको बिरोधमा कञ्चनपुरका विद्यार्थी संगठनले पूवै निर्धारिुत कार्यक्रम अन्तरगत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलति र रजिष्ट्रारको पुत्ला दहन गरेका छन् । कञ्चनपुरका सात विद्यार्थी संगठनले बिहीबार सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस मुल गेटमा उपकुलति डा. अम्मराज जोशी र रजिष्ट्रार डा. गोबिन्द विष्टको पुत्ला दहन गरेको हो ।
क्रान्तिकारी सहितका सहितका सात विद्यार्थी संगठन अनेरास्ववियू, नेवि संघ, बैद्य÷विप्लव निकट क्रान्तिकारी, अखिल छैठौँ र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले उपकुलपति र रजिष्ट्रारको पुत्ला दहन गरेका छन् । बृद्धि गरिएको शुल्क खारेजीका लागि पटक पटक अनुरोध गर्दा पनि शुल्क फिर्ता लिन अटेरी गरेपछि बाध्य भएर पुत्ला दहन गरेको बिधार्थी नेताहरुले बताएका छन् ।
विश्वविद्यालयबाट शुल्क बृद्धि गरिएको भन्दै दुई सातादेखि विद्यार्थी संगठन आन्दोलित भएका छन् । विद्यार्थी संगठनले भने बृद्धि गरिएको शुल्क फिर्ता नलिदासम्म आँन्दोलन जारी राख्ने बताईरहेका छन् ।