KhabarUjyalo

स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

११ चैत्र २०७७, बुधबार
स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौ : सरकारले कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) चक्र बहादुर बुढाले  बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले  परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ । एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टिन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ ।

भिडभाड नियन्त्रण र मास्क अनिवार्य गर्न मन्त्रालयले प्रजिअहरुलाई निर्देशन दिएको छ ।सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको छ ।कोरोनाको खोप अनिवार्य गरेर रेकर्ड व्यवस्थित गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo