धनगढी : डेढ करोड लगानीमा धनगढीमा जुस उद्योग संचालनमा आउने भएको छ ।
कैलाली उद्योग वाणिज्य संघका पुर्व महासचिव तथा कैलाली च्येम्वर अफ कमर्सका अध्यक्ष समेत रहेका मोहनराज शर्मा चैत महिनाको अन्तिमतिर डेढ करोड लगानीमा सिताज फुड एण्ड बेवरेज इण्डष्ट्री संचालानमा ल्याउने भएका हुन्
सानै उमेरमा बुबाले संचालन गरिरहेको छापाखाना,कापि उद्योगलाई सघाउदै व्यबसायमा लागेका शर्मा १४ बर्ष अघि सुदूरपश्चिममा पहिलो पटक मिनिरल वाटर उद्योग खोल्दै अपि मिनिरल वाटर उद्योग संचालनमा ल्याए । योसंगै लामो समय ट्रेडिङमा काम गरिसकेका शर्मा अहिले धनगढीमा भारतको प्रख्यात ओपोलो टायरको शोरुम पनि संचालनमा ल्याएका छन् ।
उद्योगमा अत्याधुनिक प्रविधिको अटोमेटिक जुस प्याकेजिङ गरिने मेशिन जडान गरिएको छ । जुस बनाउदा देखि जुस प्याकेजिङसम्म कुनै ठाउँमा पनि हात छुन नपर्ने सम्पुर्ण मेशिनबाटै प्याकेजिङ गरिने संचालक शर्माले बताए । पहिलो चरणमा लिची र म्याङगो फ्लेवरमा तीन साइजमा बजारमा जुस ल्याइने उनले बताए । एचडिपी सेतो वोतलमा,पाउचमा र सानो कपमा ल्याउने तयारी भएको र कम्तीमा २० दिनमा बजारमा ल्याउने उनले बताए । देशभरी बिक्रीबितरण गर्ने उद्देश्यका साथ देशभरका मुख्यमुख्य शहरमा डिलर राख्ने काम पनि भइरहेको संचालक शर्माले बताए । बजारमा रहेका अन्य कम्पनीको जुसभन्दा सिताज कम्पनीको जुस उत्कृष्ट रहने दाबि गरे । कम्पनिमा भण्डै ३० जनाले रोजगार समेत पाउने संचालक शर्माले बताए ।