धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ थकाइलीपुरकी कमला देवकोटा मंगलबार बिहान लम्की बजारमा रहेको आफ्नो होटेल खोल्न बजार हिनेकी कमला कहिले नफर्कने गरि बिदा भईन ।अरुदिन श्रीमान होटल गरेकोमा त्यो दिन श्रीमानको बाहिर जाने काम परेपछि होटेल खोल्न भन्दै बजार गइरहेकी थिइन् गाडी ठक्करदिएर घाइते बनाएकी उनलाई गाडी ब्याक गरेरे उनको ज्यान लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शान्त स्वभावकी, थोरै तर मीठो बोल्ने, मिलनसार रहेकी कमला कक्षा ११ मा पढ्दै गर्दा उनको गाउँ नजिकैका टंक बुढासंग प्रेम बसेपछि भागी विवाह गरेकी थिइन । सामान्य परिवारकी उनी घरव्यवहार सम्हाल्दै आएकी थिइन् भने उनका श्रीमान सानो नास्ता पसल चलाउँदै आएका थिए ।उनका सासूससुरा भारतमा रहेका छन्।
घरमा उनी श्रीमान, देवर र ४ वर्षीया छोरी र डेढ वर्षका छोरा बस्दै आएका थिए ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ख ८८३३ नम्बरको बसले कमलालाई ठक्कर दिएर ज्यान लिएको थियो ।