KhabarUjyalo

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

१० चैत्र २०७७, मंगलवार
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं।  फागुन २३ गते सर्वोच्च अदालतले गरेको नेकपा एकता भंग गर्ने फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ । 

कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा जाने भएको हो । 

मंगलबार बिहान सिंहदरबारमा कानून व्यवसायीहरुसंग छलफल गरि सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए। 

गुरुङका अनुसार आज सिंहदरबारमा स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायत सहभागी रहेका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo