१९ असार २०७९, आईतवार

दाङमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

१० चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
दाङमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

दाङ । दाङमा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।तुल्सीपुरमा रहेको ज्ञानज्योति कलेजको बस मंगलबार बिहान दुर्घटना हुँदा घाइते भएकी १८ वर्षाया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कोठरीबाट रा १ क ४३३ नम्बरको बस विद्यार्थी ल्याएर तुलसीपुर आउँदै थियो ।

केसी घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । त्यसैगरि दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo