२२ असार २०७९, बुधबार

कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित

१० चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो ।

पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए । ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने ।

बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको नेता रमेश लेखकले बताए । ‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । राजधानी दैनिक ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo