धनगढी : धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिले आयोजना गर्ने मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।
नगर खेलकुद समितिले सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
चैत १० गते दिउसो १ बजे प्रतियोगिताको उद्घाटन गरिने नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले जानकारी दिए । फुटवल प्रतियोगिताको ब्यबस्थापन न्यू बुद्ध स्पोर्ट यूवा क्लवले गर्ने जनाएको छ । संयोजक थापाले प्रतियोगितामा प्रथम महिला-पुरुष टिमलाई १ लाख १० हजार नगद पुरस्कारका साथै मेडल ट्रफि र प्रमाणपत्र , द्धितिय हुने टिमले ५१ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र पाउने जानकारी दिए ।
त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, उत्कृष्ठ डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर चन्दले खेलकुदको विकास र प्रवद्र्धनका लागि फुटवल प्रतियोगिताको आयोजना गरिएको बताए । धनगढी उप–महानगरपालिकाले एक वडा एक खेल मैदानको नीति अवलम्वन गरेको जानकारी दिए ।