KhabarUjyalo

गैँडा गणना गर्न वनमन्त्री आले हात्तीमा चितवन राष्ट्रिय निकुञ्‍जमा

९ चैत्र २०७७, सोमबार
गैँडा गणना गर्न वनमन्त्री आले हात्तीमा चितवन राष्ट्रिय निकुञ्‍जमा

काठमाडौ : आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो।

गैँडा गणनाका लागि वनमन्त्री प्रेम आलेलगायत उच्‍च सरकारी पदाधिकारीहरू हात्तीको बथानसहित चितवन राष्ट्रिय निकुञ्‍ज पुगेका छन्।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ। गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए।

राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ। गणनामा ४० जना मुख्य गणक र बैकल्पिक २० जना सहभागी हुनेछन्। चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ। अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo