काठमाडौं । एक म:म पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएको छ । आइतबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर म:म एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक- ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएका छन् ।
घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको छ ।