धनगढी : धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन नगरबासीलाई आग्रह गरेको छ।
आइतबार उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो।
उपमहानगरपालिकाले संक्रमण बढ्न सक्ने भएकाले भिडभाडमा जाँदा अनिवार्य सामाजिक/भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा,जुलुस,भिडभाड नगर्न र कोरोना संक्रमणबाट सतर्क रहन आग्रह गरेको छ ।