धनगढी : कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २९ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
धनगढीबाट काठमाडौँका लागि छुटेको बस घोडाघोडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए । मृतको सनाखत भएको छैन् भने घाईते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । बाँकी दुई जना रेफर भएका छन् ।