KhabarUjyalo

सभा, जुलुस, गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

८ चैत्र २०७७, आईतवार
सभा, जुलुस, गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी भारतलगायतका विभिन्‍न मुलुकहरुमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएसङ्गै नेपालमा पनि सभा, जुलुस, गोष्ठी नगर्न आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्नसक्ने अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै सभा, जुलुस, गोष्ठी नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही हप्तादेखि विश्‍वभर खासगरि छिमेकी देशहरुमा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएका छ । नेपालमा समेत संक्रमण बढ्नसक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जनघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न हुन हार्दिक अनुरोध छ ।”

त्यसैगरि सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य जनस्वास्थ्यका मापदण्डहरुसमेत पालना गरि कोभिड-१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo