KhabarUjyalo

कान्छा अभियन्ता खनाल ‘एक्सलेन्स कन्ट्रीब्युसन अवार्ड २०२०’ बाट सम्मानित

७ चैत्र २०७७, शनिबार
कान्छा अभियन्ता खनाल ‘एक्सलेन्स कन्ट्रीब्युसन अवार्ड २०२०’ बाट सम्मानित

धनगढी : कान्छा अभियन्ता केपि खनाल एक्सलेन्स कन्ट्रीब्युसन अवार्ड २०२० बाट सम्मानित भएका छन् । शनिबार काठमाडौमा नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कान्छा अभियन्ता खनाललाई नेशनल सोसियल वयलफेयर अवार्ड अन्तर्गतको एक्सलेन्स कन्ट्रीब्युसन अवार्ड २०२० बाट सम्मानित गरेका हुन् ।

सिजन मिडियाको आयोजना भएको उत्त सम्मान कार्यक्रममा कान्छा अभियन्ता खनालसहित सामाजिक कार्यमा योगदान पुर्याएका अन्य ब्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

कान्छा अभियन्ता खनाल नेपालमा काठमाडौ लगायत  अन्य शहर र भारतका विभिन्न शहरहरु सरसफाइ अभियान चलाइसकेका छन भने नेपालमा अझै “म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ” भन्ने नारासहित क्लिनअप अभियान विभिन्न शहरमा चलाउदै आएका छन् ।
यस्तै सामाजिक काममा जुटिरहेका कान्छा अभियन्ता खनाल कोरोनाको महामारीमा कैलालीमा ‘हेल्प फोर निडी अभियान’ अन्तर्गत मजदुर र गरिबहरको घर-घरमा खाद्यान्‍न र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउदै आएका थिए । भने अहिले जाडो मौसम बिपिन्न परिवारलाई न्यानो लुगा र खाद्यान्न सहयोग गरेका थिए ।

केही महिना पहिले भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मान गरेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo