काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको शनिबार बालुवाटारमा बसेको बैठकमा पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।
नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्नुपर्ने कुरा उठ्यो । तर ओलीले इन्कार गरे ।
शाक्य र झाँक्रीको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, “वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ?”