२० असार २०७९, सोमबार

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ प्रशिक्षार्थी प्रहरी गम्भिर घाइते

७ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
डोटीमा मोटरसाइकल दुर्घटना हुँदा ३ प्रशिक्षार्थी प्रहरी गम्भिर घाइते

डोटी,७ चैत । डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना प्रशिक्षार्थी प्रहरी गम्भिर घाइते भएका छन् । तीन जना सवार म २ प ४६७४ नम्बरको पल्सर मोटरसाइकल दिपाय सिलगढी नगरपालिका– ४ सुनगणा (ट्राफिक कार्यालय नजिक) दुर्घटना भएको हो ।

प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदको तालिम गरिरहेका २० वर्षीय दल बहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट, २१ वर्षीय दिपेन्द्र खड्का घाइते भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए ।

घाइते तीनै जनाको अवस्था गम्भिर रहेको छ । डोटीमा उपचार सम्भव नभएपछि उनिहरुलार्ई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लग्ने तयारी भैरहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo