डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ भुल्कुडा बजार नजिक जिप दुर्घटना ५ घाईते भएका छन् । जसमध्ये ३ जना गम्भीर रहेको बताइएको छ ।
डडेल्धुरा सदरमुकामबाट भुल्कुडाका लागि छुटेको जिप गाडी शुक्रबार बेलुका साढे ५ बजेतिर दुर्घटना भएको स्थानीय लाल पाण्डेले बताएका छन् ।
घाईते ५ जनाकै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउन लागिएको पाण्डेले बताए । दुर्घटना कारण र गाडी नम्बर खुलेको छैन । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।