झोक्रेकी छ धरा मलीनपनमा – नाङ्गेर आफ्नो तन
छैनन् मोहक शैल फाँट धरणी – पाखा–पखेरा–वन
छैनन् है नवलोक शोभित हुने – शोभा–सफा–निख्खर
देखिन्नन् किन नद्य कल्कलगरी – उर्ली बगेका तल
।।११।।
मैले देख्दछु सौम्यता प्रकृतिमा – बोल्दैन यो मौन छ
छैनन् सुन्दर दृश्य क्वै मन छुने – सञ्चार यो मौन छ
केको मौन मलीनता सृजन भो – भूलोकमा–व्योममा
केको पर्न गयो विषाद–विपदा – त्यो दिव्य आनन्दमा
।।२।।
मान्छेले धरती तथा प्रकृतिमा – उत्पात धेरै गर्यो
मान्छेले वन फाँटमा जलधिमा – उदण्डता नै गर्यो
धर्ती रुष्ट भएर लिन्छ बदला – बोल्दै नबोले पनि
आँसूले अनुवाद गर्छ दुःखको – भाका नखोले पनि
।।३।।
साहित्यकार निर्मल कुमार भण्डारी
