धनगढी : बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले प्रचण्डले नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललाई त्याग्नु भयो भने २ घण्टामा पुष्पकमल दाहाल(प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओलिको पार्टी एकिकरण हुने बताएका छन् ।
एक टेलिभिजनमा अन्तर्वार्ता दिदै प्रसाईले नारायणकाजी श्रेष्ठ मिसनका साथ प्रचण्डलाई सिध्याउन पार्टिमा आएको पनि दाबी गरे । जसले जनयुद्ध देखि जनआन्दोलन देखेन उहाँहरुको पार्टिमा इन्ट्री भएपछि पुराना कम्युनिस्टका नेताहरु आउट भएको उनले बताए ।
एमाले र माओवादी केन्द्र एक हुने बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर काठमाडौंको आफ्नै घरमा बैठक गराएपछि उनी ‘मार्सी’ उपनामले चर्चाको शीखरमा पुगेका थिए ।
फेरि पनि मार्सी भात खुवाएर पार्टी एकीकरण गर्ने उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भक्त रहेको पनि उनले बताए ।